अर्थ राजनीति डटकम को प्रधान सम्पादकमा अर्थविद् मनोज पौड्याल

Machchapuchchre
काठमाडौँ । मौद्रिक अर्थशास्त्रका पीएचडी स्कोलर अर्थविद् मनोज पौड्याल अर्थ राजनीति डटकमको प्रधान सम्पादकमा नियुक्त हुनुभएको छ । संचालक कम्पनीले उनलाई अनलाइनको सम्पादकमा नियुक्त गरेको हो ।
नेपाली टेलिभिजन क्षेत्रकै एक मात्र विशुद्ध बैंकिङ कार्यक्रम ‘बैंकिङ सेरोफेरो’ का प्रस्तोतासमेत रहनुभएका उहाँ लामो समय बैंकिङमा समेत बिताएका व्यक्ति हुनुहुन्छ ।
नेपालकै पहिलो बैंक तथा ग्राहक दुवै पक्षलाइ सहजीकरण गर्ने संस्थागत संस्था ‘बैंकिङ  एण्ड फाइनान्सियल सोलुसन प्रा.लि’ का संस्थापक अध्यक्ष रहनुभएका उहाँ नेपालको प्रजातान्त्रिक राजनीतिमासमेत सक्रिय हुनुहुन्छ भने अन्य विभिन्न संघ संस्थामा आबद्द हुनुहुन्छ ।
मनोज पौड्याल अर्थ राजनीति डटकमको प्रधान सम्पादक जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा सम्पूर्ण टिम उहाँलाई हार्दिक बधाई व्यक्त गर्दै सफल कार्यकालको शुभकामना अर्पण गर्न चाहन्छौ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्