राष्ट्र बैंकको निर्देशन र बैंकहरुको अवस्था

Machchapuchchre

अर्थ राजनीति  ~  कोरोना संक्रमणका कारण उपत्यकामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको चौथो दिनसम्म बैंकहरू ग्राहक र कर्मचारीले भरिभराउ देखिन्थे । तर सोमबार पाँचौ दिनमा भने दृश्य ठिक विपरीत देखियो । सरकारले सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थामा एक चौथाइ कर्मचारी राखेर मात्र काम गर्न निर्देशन दिएसँगै  बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकले त्यसको कार्यान्वयनको लागि आइतबार एउटा सूचना जारी गर्यो । कार्यालयमा उपस्थित नभइ कार्यसम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी बोलाएर काम गर्न राष्ट्र बैंकले भनेको छ । निषेधाज्ञा जारी भएको स्थानमा केन्द्रिय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी र शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर काम सुचारु गर्न राष्ट्र बैङ्कले भनेको छ । प्रविधिको उच्चतम प्रयोग गर्दै वर्क फ्रम होमलाई जोड दिन पनि बैङ्क तथा वित्तीय संस्थालाई भनेको छ । फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न केन्द्रिय बैङ्कको निर्देशन छ । सोही निर्देशनको प्रभाव सोमबार बैंकहरुमा प्रष्टै देखिन्थे । न्यूरोडको एभरेष्ट बैंक शाखामा भने अलि फरक दृश्य थियो । ग्राहक र कर्मचारी टन्नै देखिन्थे । यता माछापुच्छ्रे बैंकमा सडक देखिनै लाइन थियो भने कुमारी बैंकले आधार सटर तानेर सेवा दिइरहेको थियो । तर अधिकांश बैंकमा फ्रन्टमा एक जना मात्र कर्मचारी देखिन्थे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्