लगानीकर्ताले साउनदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाईने

Machchapuchchre

अर्थ राजनीति  ~  स्टक ब्रोकर एशोसिएसन अफ नेपालको पहलमा आउँदो साउन १ गतेदेखि १० भन्दा बढि राष्ट्रहरुमा प्रयोग भईरहेको कारोबार प्रणाली (टिएमएस) संचालनमा आउने भएको छ । एशोसिएसनले मोबाइल एप्लिकेशनसहितको प्रणाली ल्याउने भएसँगै लगानीकर्ताले आगामी साउन १ गतेदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने भएका छन् । चुस्त दुरुस्त सेवा प्रबाह गर्न, कारोबारमा निहित जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्याहोर्नु पर्ने दुःख अत्य गर्न व्यवसायीहरुको सयुक्त पहलमा उक्त प्रणाली ल्याउन लागिएको बताईएको छ। सम्बन्धित पक्षहरुको उचित सहयोग प्राप्त भएमा २०७८ साउन १ बाट उक्त प्रणालीमार्फत मोबाइलबाटै शेयर किनबेच गर्न पाउने एशोसिएसनको भनाई छ। मल्टी एशेट, मल्टी एक्सचेञ्ज ट्रेड्रिङ प्लेटफर्म रहेको उक्त प्रणालीमा शेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सी लगायत बिभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने संस्थाले विश्वास लिएको छ । साथै मोबाइल एप्लिकेशन सहितको यो प्रणालीले लगानीकर्ताहरुलाई कारोबार गर्न सहजता प्रदान गर्ने जनाइएको छ । अर्थतन्त्र, बजार तथा सुचिकृत कम्पनिको आधारभूत तथा प्राबिधिक बिश्लेशण गर्न सकिने गरि यस प्रणालिमा तथ्याङ्कहरु राखिने छन् । लगानीकर्ताहरुले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाव तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने एशोसिएसनको भनाई छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्