आज तीन सयले बढ्यो सुनको मूल्य

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। साताको तेस्रो दिन मंगलबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ८७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको तोलामा पनि तीन सय रुपैयाँले बढेर ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्यस्थिर रहि तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सु्नचाँदी व्यवसायी महासंघले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्