सानिमा बैंकद्वारा विद्यार्थीलाई बैंकिङ तालिम

Machchapuchchre

अर्थ राजनीति  ~  विराटनगरको भृकुटी चोकमा रहेको बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेरिल्याण्ड कलेजका विद्यार्थीलाई तीन दिने बैंकिङ तालिम प्रदान गरिएको छ। सानिमा बैंक विराटनगरको सहयोगमा कलेजका तेश्रो र चौथो वर्षमा पढिरहेका विद्यार्थीलाई  तालिम प्रदान गरिएको हो। तालिममा सहभागि विद्यार्थीहरुले बैंकसँग सम्बन्धित सम्पूर्ण कामका बारेमा जानकारी लिएको  बैंकले जनाएको छ । साथै कलेजले विद्यार्थीहरुलाई विभिन्न बैंकमा समेत इन्टर्नसिप गराउने कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले जानकारी दिए। कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई बैंकिङ व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको वाग्लेले बताए। विद्यार्थीहरुलाई तालिम पश्चात प्रमाणपत्र समेत उपलब्ध गराइएको थियो। बैंकिङ क्षेत्रको आधारभूत विषयबस्तुबारे सानिमा बैंकका विराटनगर प्रमुख फडिन्द्र दाहाल र अफिसर अभिषेक शर्माले जानकारी गराएका थिए । तालिममा बैंकिङ कार्ड तथा सफ्टवेरहरु, वित्तीय साक्षरता, बैंकिङ जोखिम, बैंकिङ बजार लगायतका विषयमा जानकारी गराइएको बैंकले जनाएको छ। इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको बिजनेस डिग्री (बीआईबीएम) सर्वसुलभ शुल्कमा अन्तर्राष्ट्रियस्तरमा नै पढाइ हुदै आएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्