आज ५०० रुपैयाँ घट्यो सुनको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा मंगलवार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलवार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलवार चाँदीको मूल्य पनि घटेको छ । सोमवार तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार घटेर तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्