घट्यो : सुनको मूल्य फेरी घट्यो

Machchapuchchre Bank

अर्थ राजनीति  ~ साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। स्थानीय बजारमा शुक्रबार सुनको भाउ रू ९०० ले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रू. ८५ हजार ६०० मा कारोबार भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रू. ८६ हजार ५०० मा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार प्रतितोला रू १,२८५ मा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला रू.१२५० खरीदविक्री भइरहेको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदी रू. ३५ ले घटेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्