सरकार थप ५० लाख कोरोना विरुद्धको खोप किन्दै

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोप थप  ५० लाख डोज खरिद प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए । त्यसपछि कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने खोप उपलब्ध गराइनेछ । त्यसले २० प्रतिशत जनसंख्यालाई पुग्ने जनाइएको छ । दोस्रो पटक कति मूल्यमा खोप खरिद गर्न लागिएको भन्ने यकिन भइसकेको छैन । सेयरजस्तै उत्पादन कम्पनीले खोप मूल्य बढाउन पनि सक्छन्  तर हामीले बजारको मूल्यभन्दा सस्तोमा पनि खरिद गर्न सक्छौँ,’ सचिव अर्यालले भनेका छन् । यसअघि भारतको सेरम इन्स्टिच्युटसँग चार डलरका दरमा २० लाख डोज खरिद गर्ने सम्झौता भएको थियो । अग्रिम भुक्तानी गरिएको उक्त खोप मध्ये १० लाख डोज मात्र ल्याइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्