पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भाेलि नेपाल फर्कनु हुदै

RBB

अर्थ राजनीति  ~  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई क्यान्सर नभएको चिकित्सकहरुकाे निष्कर्ष निस्किएको छ । भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा उपचाररत जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष समेत रहनुभएका नेता भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरूले निष्कर्ष निकालेका हुन् । वायोप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेको जानकारी भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत दिनुभएकाे हाे । देखिएको ट्युमरलाई भने केही महीनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका छन्‌ । अध्यक्ष भट्टराई भोलि फागुन १८ गते मंगलबार नेपाल फर्कने कार्यतालिका रहेकाे पाण्डेले जानकारी दिनुभयाे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्