आजबाट जाडोयाम सकिए संगै प्रि-मनसुन सुरू

Machchapuchchre

अर्थ राजनीति  ~  यस वर्षको जाडोयाम आजबाट सकिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जाडोयाम समाप्त भएसँगै प्रि-मनसुन सुरू हुन लागेको छ । प्रि-मनसुन याममा हरेक दिनजसो अपराह्न र साँझपख मेघगर्जन–चट्याङ्गसहित हावाहुरी र असिनापानी पर्ने सम्भावना हुने भएकाले त्यसबाट जोगिन महाशाखाले अपिल गरेको छ । यसैबीच आज प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान अनुसार मंगलबार र बुधबार मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्