बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा.लि र कामना सेवा विकास बैंक विच सम्झौंता

Machchapuchchre

अर्थ राजनीति  ~  बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा.लि र कामना सेवा विकास बैंक विच सहकार्य गर्ने सम्झौंता भएको छ। उक्त सम्झौतामा बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा.लि.का तर्फबाट अध्यक्ष मनोज पौड्याल र  प्रबन्ध निर्देशक रंघम राज अर्याल तथा  कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत, बिजु सापकोटा र बसन्त श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।

उक्त सम्झौतापछि अव बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा.लि.ले सिफारिस गरेका कर्जा फाइलहरु उच्च प्राथमिकतामा राखी कामना सेवा विकास बैंकका नेपालभरि छरिएर रहेका १२१ शाखाहरु मार्फत सहजै कर्जा प्रक्रिया अगाडी बढाउँन सकिने भएको छ साथै बैंक तथा वित्तीय संस्थासंग सम्बन्धित परामर्श लिन सकिने भएको छ। छिटो, छरितो र सहज तरिकाले कर्जा सेवाग्राहिसम्म पु-याउन यो सम्झौंताले थप सहज हुने प्रबन्ध निर्देशक अर्यालले बताउनु भयो ।

हाल बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा.लि.ले ग्राहकको चाहनालाई मध्यनजर गर्दै नेपाल भरिका बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रबाह हुने ब्यवस्था मिलाएको छ भने अन्य बैक तथा वित्तीय संस्था सम्बन्धि समस्याको समाधान समेत गर्दै आएको छ । ग्राहकहरुलाइ कर्जा लिनु परेमा वा प्रक्रियामा कुनै समस्या परेमा कम्पनीको फोन नम्बर ०१-४६०११३३ अथवा सिधै ९८५१०३६४९९ वा ९८५१२४७९४८ मा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ साथै बैंक तथा वित्तीय संस्था संग सम्बन्धित जुन सुकै समस्या भएमा एक पटक सम्पर्क गर्न कम्पनीका अध्यक्ष मनोज पौड्यालले जानकारी गराए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्