मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षा आगामी साता हुदै

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षा आगामी साता गर्ने जनाएको छ । केन्द्रीय बैंकले हरेक वर्ष ल्याउने मौदि्रक नीतिको आवश्यकता अनुसार त्रैमासिक रुपमा समीक्षा गर्दै आएको छ ।कोरोना महामारीकैबीच आएको चालु आर्थिक वर्षको मौदि्रक नीतिको अर्धवाषिर्क समीक्षा फागुन पहिलो साता गर्ने तयारी भइरहेको राष्ट्र बैंकको भनाई छ । पहिलो त्रैमासमा गरिएको समीक्षामा राष्ट्र बैंकले खासै नयाँ नीतिहरु ल्याएको छैन । त्रैमासिक समीक्षामा पुरानै नीतिहरुलाई निरन्तरता दिए पनि अर्धवाषिर्क समीक्षामा केहि नयाँ आउँछ भन्ने सरोकारवालाहरुको अपेक्षा रहेको छ । राष्ट्र बैंक श्रोतका अनुसार सेयर बजारका लागि असर गर्न सक्ने केही नीतिहरु भने परिर्वतनको तयारी भइरहेको छन् । अर्थतन्त्रको ऐना मानिने सेयर बजारका विषयमा कुन-कुन नीतिहरु परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंक छलफलमा जुटेको पनि श्रोतले भनेको छ । सेयर धितो कर्जामा केहि कडाइको नीति लिने राष्ट्र बैंकको तयारी छ भने  उता लघुवित्तहरुको लाभांशमा गरिएको कडाइ भने केहि फुकुवा गर्ने विषयमा पनि छलफल भइरहेको राष्ट्र बैंक बताउँछ । अहिले लघुवित्तहरुले २० प्रतिशत भन्दा बढी लाभांश दिने भए ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने भए सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेकोमा केहि  खुकुलो बनाउने सक्ने  देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्