ओली समूहले फागुन १ गते बुटवलमा आमसभा गर्दै

Machchapuchchre

अर्थराजनीति  ~  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले फागुन १ गते बुटवलमा गर्ने  आमसभामा २ लाख जनता उतार्ने दावी गरेको छ । बुटवल–७ को सिद्धेश्वर माविको मैदानमा हुने उक्त सभामा रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एकलाख गरी २ लाख जनता जुटाउने तयारी गरिएको सो समूहका प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सही छ भन्ने सन्देश दिन बुटवलमा जनसभाको आयोजना गर्न गरिएको बताएका छन् । सरकारलाई घेराबन्दीमा पारिएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउँदै उनले समस्या भएपछि सरकारलाई पनि जनतामा जाने अधिकार रहेको स्पष्ट पारे । फागुन १ गते आयोजना गर्न लागिएको जनसभा ऐतिहासिक हुने दाबी गर्दै उनले जनमत प्रकट गर्ने कुरा आन्दोलन नभई राष्ट्र निर्माणको अभियान भएको तर्क गरेका थिए । जनसभाबारेमा जानकारी दिन नेकपा प्रचार विभागले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाका प्रदेश इञ्चार्ज पोखरेलले जनताको समर्थन र जनताको अपेक्षा के छ भन्नेबारे जनसभाका माध्यमबाट जनतालार्ई सुनाउन चाहेको बताए । आफूहरुको शक्ति प्रदर्शन आन्दोलन नभएर अभियान भएको मुख्यमन्त्रीको भनाइ छ । फागुन १ गतेको कार्यक्रमलाई लक्षित गर्दै नेकपा केपी ओली पक्षले बिहीबार नै बुटवलमा मोटरसाइकल र्‍याली समेत गरेको जानकारी आएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्