आज चार सयले घट्यो सुनको भाउ

Machchapuchchre

अर्थ राजनीति  ~  आज सुनको भाउ तोालमा चार सय रुपैयाँले सस्तो भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार  बुधबार ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबारका लागि ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य आजका लागि ९१ हजार रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बुधबार १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजको १३१५ रुपैयाँ तोकिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्