इटहरी-१७ मा टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

Machchapuchchre

अर्थ राजनीति  ~  सुनसरीको इटहरी-१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुईजना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका-९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको  टिपरले सोही दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरीले बताएको छ । सोही टिपरले विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकललाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बेलबारी-८ का ३८ वर्षीय होमनाथ बाँसकोटा र इटहरी-८ का ३७ वर्षीय नगेन्द्र अधिकारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सबै सवारी साधन र टिपर चालक  प्रहरी नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्