केन्द्रीय कारागारका कैदीबन्दीले लाए कोरोना खोप

Machchapuchchre

अर्थ राजनीति ~  सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय कारागारका सूचना अधिकारी रविनकुमार राईले तीन हजार ३३६ कैदीबन्दी रहेको केन्द्रीय कारागारमा दुई हजार ७०३ कैदीबन्दी लाई कोरोना खोप प्रदान गरिएको जानकारी दिएका छन् ।  खोप लगाउन नमान्ने  र  बिरामी परेका बाहेक अन्य सबै कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको  उनले बताएका छन् । विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा देशभरका अरु कारागारको तुलनामा धेरै कैदीबन्दी रहेका छन्  भने कारागारमा रहेका ७३ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये कोरोना सङ्क्रमणका कारण सातको मृत्यु भैसकेको  अधिकारी राईले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्