मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले गएको पुस १६ गते, माघ ५ गते र हिजो बुधबार लगातार पेट्रोल तथा डिजेलको मूल्य बढाएको छ । यसबाट आफूहरु पीडित बन्नुपरेको  यातायात व्यवसायीको गुनासो छ । यातायात व्यवसायीहरुले पटक-पटक तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको छन् । सार्वजनिक सवारी चलाएर नाफा निकाल्न नसकिने अवस्था आएको भन्दै व्यवसायीले व्यवसायी र उपभोक्तालाई मार पर्ने गरी भएका मूल्यवृद्धि फिर्ता गरेर सार्वजनिक सवारीका लागि विशेष सहुलियत घोषणा गर्न माग गरेका छन् । २०६९ सालपछि गाडी भाडामा वैज्ञानिक समायोजन नभएको , तेलको मूल्य, टायर, लुब्रिकेन्ट लगायतका विभिन्न उपसूचकहरुको मूल्यवृद्धि साथै महामारीको मारमा परेको व्यवसायलाई थप थिलोथिलो बनाउने गरी पटक-पटक भएको तेलको मूल्यवृद्धिको भार थेग्न नसकिने उनीहरुको गुनासो छ । आफूहरु यात्रुलाई सुलभ दरमा सेवा दिन तयार भएपनि सरकारले उचित वातावरण बनाउनुको सट्टा बिगार्ने काम गरिरहेको व्यवसायीको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्