नेतृ रामकुमारी झाँक्रीसंग सोधपुछ गरिने

Machchapuchchre

अर्थ राजनीति  ~  गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि कार्यालयमा बोलाएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको स्वीकार गरेका छन् तर झाँक्रीले आउन अस्वीकार गरेकी छन् ।  हिजोको आम सभालाई सम्बोधन गर्ने क्रममा नेतृ झाँक्रीले राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले उनलाई कारबाही गर्न माग गरेको  बुझिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्