डेपुटी गभर्नर पदका लागि राष्ट्र बैंकमा दौडधुप सुरु

Machchapuchchre

अर्थ राजनीति  ~  २०७७  फागुन १८ गतेबाट राष्ट्र बैंकको दुवै डेपुटी गभर्नरका  पद रिक्त हुँदैछन् । चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ पाँच बर्षे कार्यकाल पुरा गरेर अवकाश हुँदैछन् भने  रिक्त हुने पदका लागि अहिलेबाटै दौडधुप सुरु भइसकेको छ । प्रतिनिधिसभा विघठनपछि उत्पन्न राजनीतिक संकटले उमेद्वारहरु अलमलमा देखिएका छन्। केपी ओली नेतृत्वको सरकारकार रहने/नरहने निश्चित छैन। प्रतिनिधिसभा पुनर्स्थापना भएमा अर्कैको नेतृत्वमा सरकार बन्न सक्छ । त्यसैले राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु दौडधुपमा लागेपनि उनीहरु अलमलमा देखिन्छन् । डेपुटी गभर्नरका लागि सबै १७ जना कार्यकारी निर्देशकहरुको दाबी पुग्छ । सामान्यतया वरिष्ठबाट छान्नुपर्ने हुन्छ  तर यसमा गभर्नर र अर्थमन्त्रीको रोजाइ हावी हुने भएकाले कुनै पनि  कार्यकारी निर्देशकलाई पनि डेपुटी गभर्नर बन्न सक्छन् ।  सरकार ढलेमा अहिलेको समीकरण नै फेरिने अवस्था पनि देखिन्छ ।  डा.प्रकाशकुमार श्रेष्ठ अर्थमन्त्री विष्णु पौडेललाई सघाउन अर्थमन्त्रालयको सल्लाहकारमा नियुक्त भइसकेका छन् । अहिलेको सरकारले निरन्तरता पाएमा श्रेष्ठ एकजना  डेपुटी गभर्नर हुने निश्चित जस्तो देखिन्छ ।

अर्को डेपुटी गभर्नरमा भने प्रतिस्पर्धा हुने पक्का छ ।  बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, भुक्तानी प्रणाली विभागका भुवन कँडेल, सार्वजनिक ऋण ब्यवस्थापन विभागकी निलम ढुंगाना तिमिल्सिना, अनुसन्धान विभागका डा. गुणाकर भट्ट मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् तर  अन्य कार्यकारीको पनि संभावना उच्च छ । राजनीतिक संकट देखिएका कारण अहिले केही कांग्रेसी उमेद्वार पनि प्रतिस्पर्धामा लागेका छन् । अघिल्लो पटक डेपुटि गभर्नर नियुक्त गर्ने बेलामा अर्थमन्त्रीमा बिष्णु पौडेल नै थिए र  उनले तत्कालिन एमाले कोटाबाट शिवाकोटी र कांग्रेसी कोटाबाट श्रेष्ठलाई निुक्त गरेका हुन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्