नेप्से परिसूचक बढ्ने क्रम जारी

Machchapuchchre

अर्थ राजनीति ~  साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ भने  नेप्से परिसूचक ८ दशमलव ३४ अंकले बढेर २ हजार ४ सय ७५द दशमलव २६ अंकले बढेको सूचांकले देखाएको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६८ अंकले बढेको छ । दिनभर भएका ७१ हजार ८ सय ६६ कारोबारबाट २०१ कम्पनीका १ करोड ८६ लाख ६० हजार ८ सय ११ कित्ता सेयर किनबेच भएका छन् जसबाट ७ अर्ब ५८ करोड ७९ लाख २४ हजार ५ सय ३५ रुपैयाँको सेयर कारोबार भएको हो । बुधबार ९ अर्ब भन्दा माथिको कारोबार भएको थियो । समूहगत रुपम हेर्दा व्यापार समूहको सबइन्डेक्स सबैभन्दा धेरै ४.५१ प्रतिशतले वृद्धि भएको छ । हाइड्रोपावर, उत्पादनमूलक, निर्जिवन बिमा, लघुवित्त र अन्य समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढेको छ भने बैंक, विकास बैंक, होटल, जीवन बिमा लगायतका समूह घटेको सूचांकले देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्