आज सुनको मूल्य तोलामा ९ सयले घट्यो

Machchapuchchre

अर्थ राजनीति ~  आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले सस्तो भएको छ । अघिल्लो दिन करोबार हुदा  ९२ हजार रुपैयाँमा भएको सुनको भाउ आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजका लागि तेजावी सुनको प्रतितेला मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ भने  चाँदीको मूल्य आज पनि ओरोलो लागेको छ । मंगलबार १३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बिहीबारका लागि १३०० सय रुपैयाँ कायम भएको पनि महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्