बन्दको अवज्ञा गरेको भन्दै एक ट्याक्सीमा आगजनी र चारवटा ट्रकमा तोडफोड

Machchapuchchre

अर्थ राजनीति ~ आज बिहान नेकपा  प्रचण्ड-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा  काठमाडौँको सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेका  छन् । काठमाडौँ–२६ मा  गुडिरहेको  सडकमा बिहीबार बिहान साढे ६ बजे ट्याक्सीमा आगजनी भएको थियो । आगोले  प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्णतः जलेर ध्वोस्त भएको थियो । तेस्तै , बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा  समेत तोडफोड गरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड भएका  हुन् । बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ ।  बन्दकर्ताले भरतपुर महानगरपालिका-१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् । यस्तै, टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका-१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्