वैदेशिक रोजगारीका नाममा ठगीमा संलग्न विदेशी गिरोह पक्राउ

Machchapuchchre

अर्थ राजनीति ~  सुचनाको आधारमा टोखा स्थित ओम गणपतिमा छापा मार्दा ठगीमा संलग्न रहेका भारतीय नागरिकहरु पक्राउ परेका छन् । सोमबार वैदेशिक रोजगार विभागले छापा मार्दा  ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालि भित्र ‘ओम गणपति ह्याप्पी लाइफ’ पनि भेटिएको थियो । त्यहाँ भेटिएका चारजना  भारतीय नागरिक ‘नेपालीलाई क्यानडा पठाउने’ धन्दा चलाएको खुलेको छ । क्यानडा, अमेरिकी र विभिन्न युरोपेली देशमा पठाउने भन्दै भारतीय गिरोह सक्रिय रहेको यो अपरेसनपछि खुलेको छ । काठमाडौंमा सक्रिय यस्तो गिरोहले सुरुमा थोरै मात्र बैना गराएर विभिन्न कागजात आए पछी थप प्रक्रियाका लागि क्रमैसँग प्रति व्यक्ति लगभग ४ लाख रुपैयाँसम्म असुल्ने गरेको  थियो । उनीहरुले सामाजिक सञ्जालमा आकर्षक विज्ञापन गरेर रकम असुलिरहेको र  क्यानडा पुगिने प्रलोभनमा  ट्रिपल स्टार म्यानपावरले ‘कन्भिन्स’ गराउने गरेको पाइएको छ । विभागका महानिर्देशक कुमार दाहाल कम्पनी दर्ता नगरी भारतबाटै नेपाल आएर वैदेशिक रोजगारीका नाममा ठग्ने गिरोह पहिलोपटक फेला परेको बताएका छन् । नक्कली भिसा र कागजात देखाएर भारत पुर्‍याएपछि होटलमा राखेर थप ठगी गर्ने नियत हुनसक्ने महानिर्देशक दाहाल बताउँछन् । यी चार भारतीयमाथि अनुसन्धानका लागि वैदेशिक रोजगार न्यायधिकरणमा पेश गरिएको छ । उनीहरुले हिन्दी र अंग्रेजी नबोलेपछि भारतीय दूतावासबाट अनुवादक बोलाएर बयान लिन लागिएको जानकारी महानिर्देशक दाहालले दिए । यसैगरि न्युजिल्यान्ड र अस्ट्रेलिया पठाउने भन्दै ठगी बढेको गुनासो आएपछि त्यसबारे अनुसन्धान थालेको दाहालले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्