दुई कम्पनीको आईपीओ माघ भित्रै निष्कासन हुने

Machchapuchchre

अर्थ राजनीति ~  माघ महिना भित्रै  दुई कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन हुने भएको छ । आगामी शुक्रबारदेखि  ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने बताएको छ ।  ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर निष्कासन गर्न लागेको छ र सो  सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेड लाई तोकिसकेको छ ।  ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड विभिन्न जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्य रहेको कम्पनी हो । हाल यस कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजनाबाट विजुली उत्पादन गर्ने उद्देश्यसहित २०७८ वैशाखदेखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने लक्छ् राखेको  छ । तेस्तै, माघ २८ देखि महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्दैछ । संस्थाले प्रति सेयर अंकित मूल्य १०० दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ । यस कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धका लागि नेपाल एसबीआई मर्चेण्ट बैकिङ्गलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । दुवै कम्पनीमा  न्युनतम १० कित्तादेखि आवेदन दिन सकिने व्यवस्था छ । पछिल्लो समय आईपीओ आवेदन दिनेहरुको संख्या निकै बढेकाले १० कित्ता भागमा पर्न पनि गोला प्रथाकै भर पर्नु पर्ने अवस्था रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्