बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त

Machchapuchchre

अर्थ राजनीति ~  बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्षमा  सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई समितिको अध्यक्ष बनाउने निर्णय गरेको हो। सिलवाल गृहसचिवबाट अवकाश भइ उद्योग मन्त्रालयमा समेत सचिवको जिम्मेवारी निर्वाह गरेका थिए। उनले अवकाशपछि पनि उद्योग-वाणिज्य क्षेत्रका लागि विभिन्न भूमिकाबाट काम गरिरहेको भए पनि बीमा भने उनको लागि बिल्कुलै नया क्षेत्र हो। यसैले ज्ञानभन्दा बाहिरको बीमा क्षेत्रकै नियामकको रूपमा समितिलाई सफल नेतृत्व दिने चुनौती उनीसामु  रहेको छ । सिलवाललाई अध्यक्ष बनाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रिपरिषदमा सिफारिस गरेका र  उनकै सोझो प्रस्तावमा सिलवाल समितिको अध्यक्ष नियुक्त भएका हुन् । उनको कार्यकाल चार वर्षको रहने छ । गत पुस अन्तिम साता चिरन्जीवी चापागाईंको कार्यकाल पूरा भएयता समितिको अध्यक्ष पद रिक्त रहेको थियो । त्यसअघि नै नयाँ अध्यक्षका लागि झन्डै आधा दर्जन जना दौडमा जुटेका थिए। पुस २३ बाट अवकास भएका यसअघिका समिति अध्यक्ष चिरन्जीवी चापागाईं राष्ट्र बैंककै क्याडर हुन् भने उनि  राष्ट्र बैंकको निर्देशक हुँदाहुँदै राजनीतिक नियुक्तिमार्फत समितिको अध्यक्ष नियुक्त भएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्