निर्वाचन आयोगमा नेकपा प्रचण्ड-माधव समूहद्वारा आफ्नो आधिकारिकता दाबी पेस

Machchapuchchre

अर्थ राजनीति ~  नेकपा प्रचण्ड–माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा पेश गरेका छन् । दुवै नेता  पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आयोगमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता दाबी पेश गरेका छन् । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो भने ओली समूहले केन्द्रीय कमिटी विस्तार गर्दै त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्रचार गरेको थियो तर दुवैले गरेको आधिकारिकता सम्बन्धि दाबी आयोगले अस्विकार गरिदिएको  थियो । त्यही कारण राजनीतिक दलसम्बन्धी ऐनअनुसार आधिकारिता दाबी गर्न आफुहरु आयोग पुगेको प्रचण्ड–माधव समूहका नेताहरुले बताए । उनीहरुका अनुसार आयोगले माघ १२ मा जवाफी पत्र पठाएपछि २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरेको र त्यसअनुसार सोमबार बैठक बसेको एक ताले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्