२३ गते ओलीले हिन्दु राष्ट्र घोषणा गर्न सक्छन् भन्ने बजारमा चर्चा

Machchapuchchre

अर्थ राजनीति ~  नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीहरुको भीडमा बसेर उल्टो बाटो हिँड्न खोजेको आरोप लगाउदै  यही २३ गते ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा बजार भरि चलिरहेको बताएका छन् । प्रधानमन्त्री ले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार माइतीघर मण्डलामा आयोजित धर्नालाई सम्बोधन गर्दै नेता पाण्डेले ओलीमाथि हिन्दु राज्य बनाउने कोसिस गरेको आरोप समेत लगाएका छन् । केही दिन पहिले पशुपतिनाथको पूजा गर्न गएको र शनिबार चितवनमा पुगेर राम मन्दिर बनाउने घोषणा गरेकोले ओली कम्युनिस्ट आन्दोलन अगाडि बढाउन नभई , पुजारी बनेर जनतालाई अलमल्याउन  खोजेका  हुन्  भन्ने वहाले भनेका छन् । ओली समूहले २३ माघमा काठमाडौंमा आमसभा गर्दैछ र यो सभामा ओलीले अहिलेसम्म नभनेको विषेश कुरा भन्ने अड्कल नेकपा प्रचण्ड–माधव समूहका  नेताहरुले गर्दै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्