सौराहा घुमघाम – चितवनमा आन्तरिक पर्यटक बढे

Machchapuchchre

अर्थ राजनीति ~  कोभिड १९ को संक्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको देखिन थालेको छ । व्यवसायीले अंग्रेजी नयाँ वर्ष अघि ‘घुमौँ सौराहा’ अभियान संचालन गरेका थिए जसले गर्दा सौराहामा आन्तरिक पर्यटक बढ्दो क्रममा रहेका देखिएको छ । व्यवसायीले विराटनगर, धरान, जनकपुरलगायत पूर्वी नेपालका मुख्यमुख्य शहरमा ‘घुमौँ सौराहा’ अभियान कार्यक्रम गरेका थिए । कार्यक्रममा नेपाल सरकारको पर्यटन बोर्ड र स्थानीय तहहरूको सहयोग रहेको थियो । पारिवारिक  घुमघामको क्रम बढेको छ जसका कारण  शुक्रबार र शनिबारसँगै बिदाको दिनमा आधाभन्दा बढी होटल भरिन थालेका  व्यवसायीहरुले बताएका छन् । अन्य दिनमा पनि यो संख्या ४० प्रतिशत हाराहारी हुने गरेको र कोभिड–१९ सङ्क्रमणपछि ठप्प रहेका सबै होटल खुल्न थालेकाले   व्यवसायीहरुमा  एक प्रकारको  उत्साह थपिएको छ । आन्तरिक पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको भन्दै  त्यहाका व्यवसायीले यसै महिना अन्य प्रदेशका शहरमा पनि अभियान लिएर जाने तयारी गरिएको जानकारी दिएका छन् ।  यो अभियान सौराहाका लागि महत्वपूर्ण बनेको भन्दै उनले देशभर प्रचारप्रसार गर्न सकेमा पर्यटक भित्र्याउन सकिने अभियानले पाठ सिकाएको बताएका छन् ।  हाल सौराहामा  होटल रेष्टुराँले आन्तरिक पर्यटकलाई २० देखि ४० प्रतिशत छुट दिँदै आएका छन् । चितवन राष्ट्रिय निकुञ्ज वन, वनस्पति र वन्यजन्तु अवलोकन गर्न  , एकसिङ्गे गैँडा, बाघ, घडियाल गोही आदि  हेर्न साथै  डुङ्गा सयर, जीप सफारी, पैदलयात्रामार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गर्न पर्यटकको ठुलो चहलपहल हुन्छ । सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुराँ सञ्चालनमा रहेको व्यवसायी बताउछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्