दोलखाबाट आउँदै गरेको बस सिन्धुलीको ११ किलो नजिक दुर्घटना

Machchapuchchre

अर्थ राजनीति ~ सिन्धुलीको ११ किलो हुदै दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस आज  दुर्घटनामा परेको जानकारी आएको छ । काठमाडौंतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस दुर्घटनामा परेको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले  बताएका छन् । उनका अनुसार दुर्घटना भएको क्षेत्र मुढेबाट ११ किलोमिटर अगाडि रहेको छ । हालसम्म कति घाइते भए भन्ने यकिन भइनसकेको समेत उनले  जानकारी दिए। उनका अनुसार कम्तिमा १० जनालाई स्थानीय अस्पतालमा पुर्‍याइएको छ । मुढेस्थित चेकपोष्टमा उक्त बसमा १५ जना सवार रहेको टिपाइएको थियो र  ओरालो  बाटो भएको ठाउँमा दुर्घटना भएको देखिन्छ तर अझ मुख्य    कारण खुलि नसकेको अवस्था छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्