कोरोना महामारी राहत प्याकेज माग्दै बालुवाटारमा व्यवसायीको धर्ना

Machchapuchchre

अर्थ राजनीति ~  यस वर्ष जारी  मौद्रिक नीतिमा उल्लेख गरिए अनुसार राहत प्याकेज कार्यान्वयनमा नआएको भन्दै साना तथा मझौला व्यवसायीले आज बालुवाटार घेराउ गरेका छन् । कोरोना महामारी पीडित सर्वपक्षिय पेशा व्यवसायी संघर्ष समितिको आह्वानमा मंगलबार बालुवाटार क्षेत्रमा धर्ना दिइएको छ । व्यवसायीले  अनेक पटक राष्ट्र बैंक, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायत निकायलाई समस्या समाधानका लागि आग्रह गर्दै आए पनि निजहरुले सुनुवाई नगरेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टका वरिष्ठ उपाध्यक्ष विनय बस्नेतले बताएका छन् । उनका अनुसार, ठूला उद्योगलाई मात्र राहत प्याकेज दिइएको छ तर साना तथा मझौला उद्योगलाई सरकारले मतलबै गरेको छैन त्यसकारण  आफुहरु आन्दोलनमा आउने योजना बनाएको  र अब पर्यटन पीडित क्षेत्रसँग सम्बद्ध सबै व्यवसायी सडकमा आउने बारे समेत उनले स्पस्ट पारे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्