नेप्से परिसूचक बजार ६५ अंक भन्दा धेरैले बढ्यो

Machchapuchchre

अर्थ राजनीति ~   नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि हुँदा सेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ४९ अंकले बढेर २ हजार ४ सय ७घ दशमलव ७३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ अंक् भन्दा धेरैले वृद्धि भएको छ ।  मंगलबार होटल बाहेकका सबै समूह बढेका छन् । यो संगै कारोबार रकम पनि ८ अर्ब नाघेको छ । आज दिनभर भएका ७३ हजार ३ सय ६१ कारोबारबाट १ करोड ४९ लाख ७१ हजार २ सय २३ कित्ता सेयर सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब ४२ करोड २८ लाख ६६ हजार ८ सय २७ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।  सबैभन्दा धेरै बिमा समूह र लघुवित्त लगानीकर्ताहरुले कमाएका छन् भने निर्जिवन बिमा समूह ५ अंक् भन्दा धेरैले बढेको छ । सबै सबइन्डेक्सहरु बढेर हरियाली छाउदा होटल समूहको सब इन्डेक्स भने २ प्रतिशत भन्दा धेरैले घटेको  सूचांकले  देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्