कार दुर्घटनामा परी गायक निशान भट्टराईको निधन

काठमाडौं । गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे थियाे । जसमा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो । संगीतकार मिलन मोक्तानले दुर्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा […]

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्ड ‘रद्द’

काठमाडाैं । पाकिस्तानको लाहोर हाइकोर्टले पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाउने विशेष गैरकानुनी भन्दै अदालत भंग गरेको छ । यससँगै मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अदालतको पूर्ण इजलासले सोमबार मुसर्रफको निवेदनमाथि बहस गर्दै यो फैसला सुनाएको हो । मुसर्रफले अदालतको फैसलालाई चुनौती दिँदै निवेदन दिएका थिए […]

समावेशी विकासमा अर्थपूर्ण साझा प्रयास आवश्यक – अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताएका छन् । समृद्धि फाउण्डेशनद्वारा आयोजित ‘मिश्रित अर्थव्यवस्था र लैङ्गिक मैत्री लगानी’ विषयक कार्यक्रममा उहाँले घरेलु तथा मझौला उद्योगमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई सुझाव दिए । अर्थमन्त्री डा खतिवडाले भने, “अहिले बैंकबाट ठूला उद्योगमा तथा सहकारीबाट […]

इराकस्थित अमेरिकी सैन्य अखाडामा ६ दिनको अवधिमा तेस्रो पटक हमला

काठमाडौं । इराकस्थित अमेरिकी सैन्य अड्डामा ६ दिनको अवधिमा तेस्रो पटक हमला भएको छ । पछिल्लो पटक आइतबार अल-बलादस्थित एयरबेसमा चार वटा रकेटबाट आक्रमण भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यो आक्रमणबाट चार जना घाइते भएको बताइएको छ । अल बलाद एयरबेसमा अमेरिकी सेना बसेका थिए । तर इरान र अमेरिकाबीच तनाब बढेपछि यो […]

देउवा, पौडेल र सिटौलाबीच बूढानिलकण्ठमा दुई घन्टा लामो छलफल, भयो यस्तो निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र देखिएको विवाद समाधान तर्फ उन्मुख भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षका दुई नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाबीच पार्टीमा देखिएको समस्या समाधान गर्ने विषयमा सहमति जुटेसँगै कांग्रेस भित्र देखिएको मतभेद केही मत्थर हुने देखिएको हो । आइतवार(हिजो) साझ देउवा निवास बूढानिलकण्ठमा नेता त्रयबीच भएको […]

ईरानकी एकमात्र महिला ओलम्पिक पदक विजेताले गरिन् देश छोड्ने फैसला, स्तब्ध बने देशवासी

एजेन्सी । ईरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलीजादेहले देश छोड्ने फैसला गरेकी छिन् । २१ वर्षीया किमिया यसबारेमा सामाजिक सञ्जालमा एउटा पोस्ट लेखेकी छिन्, जसका अनुसार उनी ईरानमा ‘पाखण्ड, भुट, अन्याय र चाप्लुसी’ को हिस्सा बन्न चाहँदिनन् । उनले आफैलाई ईरानका सताइएका लाखौँ महिलामध्ये एक मानेकी छिन् । किमिया यो समय कहाँ छिन्, […]

दिलीप महतोका हत्यारालाई कडा कारवाही गर्न सांसदहरुको माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका धनुषाका दिलीप महतोका वास्तविक दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद डा विमला राई पौडेलले दिलीप हत्या प्रकरणमा संलग्न व्यक्तिलाई सजाय मात्रै दिनेभन्दा पनि अब कहिलै त्यस्तो हुँदैन भनेर सुनिश्चित गर्नुपर्ने […]

प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा राख्ने प्रस्ताव बहुमतले पारित

हेटौंडा । प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाउने पक्षमा दुई तिहाइ मत परेको छ । आइतवार बसेको प्रदेश तीनको प्रदेशसभा बैठकले प्रदेशको नाम र राजधानी बारे निर्णय गरेको हो । आज बसेको बैठकमा भएको मतदानमा प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाइयोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावको पक्षमा १०५ […]

आज पृथ्वी जयन्ती, यी ठाउँमा छ सार्वजनिक विदा

काठमाडौं । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा […]

उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउने नेकपाको निर्णय

काठमाडौं ।सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको बैठकले उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेका हुन् । सभामुख पदमा नेकपाबाट उम्मेदवारी दिनका लागि तुम्बाहाङफेको राजीनामा माग गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि […]