मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय सार्वजनिक, हेर्नुहोस् बिस्तृतमा

काठमाडौं । सरकारले विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली युनियन लगानी बैंकबाट प्राप्त हुने करिब रु १२ अर्ब ७६ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । विहीवार(आज) सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका २० वटा निर्णयहरु सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । त्यस्तै सरकारले विदेशस्थित नेपाली नियोगमा काम गर्ने […]

एमसीसी पास नगर्न ओली-प्रचण्डलाई विप्लवको चेतावनी

काठमाडौँ । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले विवादित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट पारित नगर्न चेतावनी दिएको छ । नेकपाले एमसीसी सदनबाट पारित गरिए व्यापक जनताको सहभागितामा देशव्यापी भन्डाफोर आन्दोलन गर्ने घोषणा गरेको छ । माघ १ देखि १५ गतेसम्मका विभिन्न कार्यक्रमको तालिका सार्वजनिक गर्दै नेकपाले एमसीसी सम्झौता सदनबाट पारित गरिए नेपाल बन्दलगायत विभिन्न किसिमका सङ्घर्ष […]

नेकपाद्वारा ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट

काठमाडौं । काठमाडौंमा बुधबार साँझ शक्तिशाली बम बि’स्फोट भएको छ । ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । बुधबार साँझ नागार्जुन-१ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको सूचना आएको प्रहरीले जनाएको छ । विस्फोटमा घरमा क्षति पुगेको छ भने गाडीमा पनि क्षति भएको स्थानीयलेबताए । विस्फोट आफुले गरेको विद्रोही नेकपाले […]

सशस्त्र विद्रोहमा मारिएका ५ हजारको मात्रै जिम्मा लिन्छु: प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा मारिएका १७ हजार मध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका छन् । बुधवार राजधानीमा आयोजित मागी महोत्सवमा प्रचण्डले आफूमाथि १७ हजार मान्छे मारेर आएको आरोप लाग्ने गरेको भन्दै त्यसको खण्डन गरे । ‘मलाई भन्ने गरिन्छ, १७ हजार मारेर आएको भन्ने गरिन्छ साथीहरु यो […]

पार्टीको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुन्छ : देउवा

मोरङ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् । बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले असन्तुष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहसँग वार्ता भइसकेको भन्दै कुरा मिलिसकेको बताए । ‘असन्तुष्ट समूहसँग कुरा मिलिसक्यो,’ देउवाले भने, ’ देउवाले भने, ‘तोकिएकै समयमा पार्टीको सबै तहको निर्वाचन हुन्छ ।’ कांग्रेस […]

हाम्रा मौलिक पर्वहरु प्राकृतिक विज्ञानसँग जोडिएका छन्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघेसंक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको र यहाँ प्रचलित बहुमूल्य सम्पत्तिका […]

आज माघे सक्रान्ति र माघी पर्व मनाइँदै

काठमाडौं । आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ […]

गोकर्ण रिसोर्टको म्याद थप गर्नुको कारण खोल्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले गोकर्ण फरेष्ट रिसोर्टको म्याद थप्ने निर्णयको आधार र कारण खोल्न सरकारका नाममा आदेश जारी गरेको छ । गोकर्ण फरेष्ट रिसोर्ट सञ्चालनको ६ वर्ष म्याद बाँकी छँदै थप २५ वर्ष अवधि थप्ने निर्णयबारे कारण देखाऊ आदेश जारी गरेको हो । न्यायाधीश कुमार रेग्मीको इजलासले वातावरण विनाश हुनेगरी जंगल मासेर थप संरचना बनाउन […]

प्रदेश नं ५ को नामाकरण र राजधानीबारे चर्को बहस शुरु

रुपन्देही- प्रदेश नं ३ को राजधानी र नामाकरणको टुङ्गो लागेसँगै प्रदेश नं ५ को राजधानीको विषयले चर्चा पाएको छ । प्रदेश नं ३ को राजधानीको नाम वाग्मती र राजधानी हेटौँडा रहने प्रस्ताव प्रदेशसभाले आइतबार पारित गरेपछि प्रदेश नं ५ को राजधानीबारे चर्को बहस शुरु भएको हो । प्रदेशसभाको पहिलो बैठकले राजधानी रहने स्थान र नामकरण गर्ने […]

अमेरिकाले चीनमाथि लगाएको यस्तो आरोप लियो फिर्ता

काठमाडौं । अमेरिकाले मुद्राको मूल्य चलखेलमा भूमिका खेलेको भन्दै चीनमाथि लगाएको आरोप फिर्ता लिएको छ । अमेरिकाको अर्थ मन्त्रालयले चीनलाई ‘मुद्राको मूल्यमा चलखेल गर्न भूमिका खेल्ने राष्ट्र’ भनी लगाएको आरोप फिर्ता लिएको बीबीसीले जनाएको छ। अमेरिकाले सो निर्णयको पछाडि आफ्नो उत्पादन सस्तो देखाउन आफ्नो मुद्राको अवमूल्यन नगर्ने चीनको प्रतिबद्धता रहेको बताइएको छ। चीन र अमेरिकाबीच व्यापारिक […]