नेकपाद्वारा ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट

Machchapuchchre

काठमाडौं । काठमाडौंमा बुधबार साँझ शक्तिशाली बम बि’स्फोट भएको छ । ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । बुधबार साँझ नागार्जुन-१ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको सूचना आएको प्रहरीले जनाएको छ ।

विस्फोटमा घरमा क्षति पुगेको छ भने गाडीमा पनि क्षति भएको स्थानीयलेबताए । विस्फोट आफुले गरेको विद्रोही नेकपाले जनाएको छ । विप्लव नेतृत्वको नेकपाले बालुवाटारस्थित ललितानिवास परिसरको रबि ११५ रोपनी सरकारी (राष्ट्रिय) जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने प्रपन्चको मुख्य योजनाकार भएकोले उनीमाथि सांकेतिक कारवाही गरिएको जनाएको छ । त्यस्तै उक्त राष्ट्रिय जमिनको अनियमितताबारे पूर्व सचिव सारदप्रसाद तिर्तालको नेतृत्वमा गठित छानविन समितिको प्रतिवेदन ‘भूमाफिया’ किटान गरेकोले बिस्फोटपछि नेकपाले संचारकेन्द्रलाई उपलब्ध गराएको पर्चामा उल्लेख छ ।

त्यस्तै जनयुद्धकालमा सुकुम्बासी भूमिहीनहरुको जग्गा आफ्नो नाममा हडप्ने प्रपंचा गरेकोले र बिगतमा एमाले तथा हाल सरकारी नेकपाको राजनैतिक शक्तिको आडमा राज्यको भ्रष्ट निकाय एवं कर्मचारीहरुसंगको मिलेमोतोमा माफियागिरि एवम् लुट खसोट गरेकोले उक्त कारवाही गरिएको नेकपाले जनाएको छ ।

त्यस्तै ४ कुख्यात भूमाफिया एवम् राष्ट्रिय सम्पतिको लुट खसोट गर्ने योजनाकार भएको पुष्टी हुँदा पनि कथित कम्युनिष्ट नामधारी वर्तमान केपी सरकारले कुनै कारवाही नगरेकोमा जनस्तरबाट ब्यापकरुपमा कारवाहीको माग एवम् उजुरी आएकोले चेतावनी स्वरुप उक्त कारवाही गरिएको उक्त पर्चामा उल्लेख छ ।

सोभाकान्त ढकालको घरमा सेबोटेज किन ? शीर्षकमा नेकपाले पर्चा सार्वजनिक गरेको छ । ”बालुवाटारस्थित ललिता निवास परिसरको करिब सय १५ रोपनी सरकारी राष्ट्रिय जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने प्रपंचाको मुख्य योजनाकार भएकाले, बालुवाटारको राष्ट्रिय जमिनको अनियमितताबारे पूर्व सचिव सारदा प्रसाद त्रितालाको नेतृत्वमा गठित छानबिन समितिको प्रतिबेदनले भूमाफिया किटान गरेकोले, जनयुद्धकालमा सुकुम्बासी भूमिहीन हरुको जग्गा आफ्नो नाममा हडप्ने प्रपंचा गरेकोले, बिगतमा एमाले र हाल सरकारी नेकपाको राजनैतिक शक्तिको आडमा राज्यको भ्रष्ट निकाय एवं कर्मचारीहरुसंगको मिलेमोतोमा माफिया गिरि एवम् लुट खसोट गरेकोले र कुख्यात भूमाफिया एवम् राष्ट्रिय सम्पतिको लुट खसोट गर्ने योजनाकार भएको पुष्टी हुँदा पनि कथित कम्युनिष्ट नामधारी वर्तमान केपी सरकारले कुनै कारवाही नगरेकोमा जनस्तरबाट ब्यापकरुपमा कारवाहीको माग एवम् उजुरी आएकोले ।” पर्चामा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्