देउवा, पौडेल र सिटौलाबीच बूढानिलकण्ठमा दुई घन्टा लामो छलफल, भयो यस्तो निर्णय

Machchapuchchre

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र देखिएको विवाद समाधान तर्फ उन्मुख भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षका दुई नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाबीच पार्टीमा देखिएको समस्या समाधान गर्ने विषयमा सहमति जुटेसँगै कांग्रेस भित्र देखिएको मतभेद केही मत्थर हुने देखिएको हो ।

आइतवार(हिजो) साझ देउवा निवास बूढानिलकण्ठमा नेता त्रयबीच भएको छलफलपछि पार्टीमा देखिएको समस्या समाधान गरेर अघि बढ्ने सहमति जुटेको छ । देउवा निकटका नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सभापति, वरिष्ठ नेता पौडेल र अर्का नेता सिटौलाबीचको छलफलले पार्टीमा देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गरे ।

बूढानिलकण्ठमा आइतवार साँझदेखि शुरु भएको छलफल दुई घन्टा भन्दा लामो समय चलेको थियो । बैठकले पछिल्लो समय पार्टीमा देखिएको विवाद समाधान गर्दै अघि बढ्ने निष्कर्ष निकालेको हो । नेपाली कांग्रेसमा विगत केही महिनादेखिको विवाद उग्रबन्दै गएको थियो ।

पार्टी सभापति देउवाले बहुमतको आधारमा पेलेर अघि बढेको र आफू अनुकुल निर्णय गर्दै अघि बढेको आरोप वरिष्ठ नेता पौडेल र सिटौला पक्षले लगाउँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्