धादिङमा ट्रक दुर्घटना हुँदा ६ को मृत्यु, ५ जना गम्भीर घाइते
काठमाडौं । धादिङको निलकण्ठ नगरपालिका-८ मा मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए । मृतकको सनाखत भएको छैन । दुर्घटनामा घाइते १५ जना मध्ये ५ जना गम्भीर घाइते छन् । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको एसपी रेग्मीले बताए […]
