त्रिभुवन विमानस्थलमा बुद्ध र यति एयरलाइन्सका जहाज ठोक्किए

Machchapuchchre

काठमाडौं । सोमबार बिहान त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको छ । विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकिराखेको जहाजसँग ठोक्किएको हो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ ।

ठक्करबाट दुवै जहाजमा सामान्य क्षति भएको छ । यता, विमानस्थल प्रहरीले भने बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई छोएको मात्र बताएको छ । जहाज ठोक्किएर केकति क्षति भएको छ भन्ने विवरण आएको छैन । यता, विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई छोएको मात्र हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्