सेन्टर माईक्रोफाइनान्सको कार्यकारी अध्यक्षमा रेवत कार्की नियुक्त

Machchapuchchre

काठमाडौं । सेन्टर फर माईक्रोफाइनान्स नेपाल (सीएमएफ)को कार्यकारी अध्यक्षमा डा. रेवतबहादुर कार्की नियुक्त भएका छन् । यससँगै उनले एक कार्यकालसम्म संस्थाको कार्यकारी अध्यक्ष पदको कार्यभार सम्हाल्ने छन् ।

नवनियुक्त कार्यकारी अध्यक्ष डा. कार्की यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्ष थिए । बोर्डको अध्यक्ष हुनुभन्दा पहिला उनले सोही संस्थामा प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका थिए ।

बोर्डमा ४ वर्षे कार्यकाल सकेर बिदा भएका कार्कीले त्यसअघि बोर्डकै सञ्चालकको रुपमा जिम्मेवार सम्हालेका थिए । साथै, उनले वाणिज्य बैंकको अध्यक्ष, मध्यपश्चिममाञ्चल ग्रामीण विकास बैंकको कार्यकारी निर्देशक र नेपाल स्टक एक्स्चेञ्जको महाप्रबन्धक भई काम गरेका थिए ।

यससँगै उनले अन्तराष्ट्रिय मुद्रा कोषमा सल्लाकार भएर करिब तीन वर्ष काम गरेका थिए । डा। नेपाल राष्ट्र बैंकबाट अवकाश पाएका व्यक्ति हुन् । डा। कार्कीले भारतको मगधा विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्