सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक: ७ गते मनोनयन, १२ गते निर्णयार्थ पेश हुने

Machchapuchchre

काठमाडौं– संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सभामुखका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सचिवालयले नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७ बमोजिम सभामुख पदका लागि निर्वाचत कार्यतालिका सार्वजनिक गरेको हो ।

सचिवालयद्वारा जारी कार्यतालिका अनुसार माघ ७ गते (मंगलबार) बिहान ११ देखि दिउँसो २ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता हुने छ । यस्तै, ७ गते नै सभामुख पदका लागि उम्मेदवारहरुको अन्तिम सूची प्रकाशन गरिने छ ।

यस्तै, माघ १२ गते दिउँसो ३ बजे बस्ने बैठकमा सभामुख पदमा प्रस्ताव र समर्थन पेश गरी निर्णयार्थ पेश गरिने छ । माघ १२ गते नै बहुमत प्राप्त गर्ने उम्मेदवार प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित हुनेछन् ।

प्रतिनिधिसभामा बहुमत रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी सदस्य तथा सांसद अग्नि सापकोटालाई सभामुखको रुपमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सभामुख निर्वाचनका लागि नेकपा एक्लैको बहुमत पुग्ने भएकाले सापकोटा सभामुख निर्वाचित हुन लभगत निश्चित छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्