मुक्तिनाथ विकास बैंकले ल्यायो – ‘होली सप्ताह अफर’

अर्थ राजनीति  ~  मुक्तिनाथ विकास बैंकले फागू पूर्णीमाको अवसरमा ‘ होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्तर्गत चैत ६ देखि १३ गतेसम्म २०७७ भित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा १०० मा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यँहि अफर समय […]

एकिकृत कारोबार सुरु गर्दै एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त

अर्थ राजनीति  ~  एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाले मर्जर पश्चात चैत ८ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई कम्पनी एक भई एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरका लागि यी दुबै कम्पनीको माघ ४ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण […]

माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा रुपन्देहिको तिलोत्तमा पुग्यो

अर्थ राजनीति  ~  माछापुच्छ्रे बैंकले रुपन्देहिको तिलोत्तमा स्थित योगिकुटी हाटबजारमा क्युआर कोड सेवा शुुरु गरेको छ । बिहिबार नेपाल राष्ट्र बैंक, क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुदिप फुयालले उक्त स्थानमा क्युआर कोड सेवाको शुरु गरेका हुन् । क्युआर कोड सेवा सुरु भएसंगै उपभोक्ताले उक्त हाटबजारबाट आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ता […]

प्रधानमन्त्री ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : बालकृष्ण खाँण

अर्थ राजनीति ~  नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् । सरकारले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएकाले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनु पर्ने खाँणले माग गरे । सम्मानित न्यायालयले संसद् विघटन […]

गौतम द्वारा भोलिको केन्द्रीय कमिटी बैठकमा सबैलाई उपस्थित हुन अनुरोध

अर्थ राजनीति  ~ नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा एमालेको भोलिको केन्द्रीय कमिटी बैठकमा सबै उपस्थित हुनुपर्ने बताएका छन् । भोलिका लागि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । आज ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै नेता गौतमले अध्यक्ष ओलीविरुद्ध संघर्ष गरिरहेका वरिष्ठ नेता झलनाथ खनाल […]

आज सुनको भाउ पुन: घट्यो

अर्थ राजनीति  ~  आज सुनको भाउ पुन: घटेको छ । हिजो तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज भने पाँच सय रुपैयाँले घटेको हो ।आज तोलामा सुनको ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलामा ८७ हजार दुई सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । […]

विश्व बैंक द्वारा कोरोना खोप अभियानका लागि करिब नौं अर्ब सहयोग

अर्थ राजनीति  ~  विश्व बैंकले नेपाललाई ८.७ अर्ब रुपैयाँ कोरोना खोप र माहामारी नियन्त्रणको लागि सहयोग गर्ने भएको छ । बैंकका  कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड विरूद्धका खोपहरूको समतामुलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर (करिब ८७ अर्ब नेपाली रूपैँया) […]

महान्यायाधिवक्ता अग्नि खरेल राजीनामा दिने तयारीमा

अर्थ राजनीति  ~  महान्यायाधिवक्ता अग्नि खरेल अहिले केही समयपछि विशेष पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलन मार्फत उनले राजीनामा दिएको घोषणा गर्ने अनुमान गरिएको छ । यद्यपी यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन् । खरेलले सबै कुरा पत्रकार सम्मेलनमा नै जानकारी दिने उल्लेख गर्दै केही बताउन खोजेनन् । नेकपा एमालेको ९ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित […]

माधव–झलनाथ पक्षको समूहगत प्रतिवेदन : केपी सरकार ढाल्नुपर्छ, माओवादीसँग एकता गर्नुपर्छ

अर्थ राजनीति  ~ नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा समूहगत छलफल पछि प्रतिवेदन बुझाउने क्रम सुरु भएको छ । सुझाव प्रतिवेदनमा केपी ओली पक्षले राज्यका स्रोत साधन दुरुपयोग गरेर कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पार्ने प्रयास गरेकाले ओली सरकार ढाल्नुपर्ने सुझाव समेटिएका छन् । त्यस्तै ओलीविरुद्धको मोर्चाबन्दी कसिलो बनाउन माओवादी केन्द्रसँग […]

ओलीले गठन गरेको संसदीय बोर्डमा माधव नेपाल र झलनाथ खनाल पनि मनोनीत

नेकपा एमालेको संसदीय दलको बैठकले झलनाथ खनाल र माधवकुमार नेपालसहितको संसदीय बोर्डको गठन गरेको छ । अर्थ राजनीति  ~  बिहीबार प्रधानमन्त्री निवास बालुवाटार भएको बैठकले खनाल र नेपालसहित संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २४ जना सदस्य रहेको बोर्ड गठन गरेको सांसद् शेरबहादुर तामाङले जानकारी दिनुभयो । बोर्डमा प्रधानमन्त्री ओली सहित संसदीय […]