माधव–झलनाथ पक्षको समूहगत प्रतिवेदन : केपी सरकार ढाल्नुपर्छ, माओवादीसँग एकता गर्नुपर्छ

Machchapuchchre

अर्थ राजनीति  ~ नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा समूहगत छलफल पछि प्रतिवेदन बुझाउने क्रम सुरु भएको छ । सुझाव प्रतिवेदनमा केपी ओली पक्षले राज्यका स्रोत साधन दुरुपयोग गरेर कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पार्ने प्रयास गरेकाले ओली सरकार ढाल्नुपर्ने सुझाव समेटिएका छन् । त्यस्तै ओलीविरुद्धको मोर्चाबन्दी कसिलो बनाउन माओवादी केन्द्रसँग एकता गर्न समेत पछि पर्न नुहुने समूहगत छलफलका क्रममा सुझाव आएको टोली नेताहरुले बताएका छन् ।

प्राय जसो प्रतिवेदनमा नेकपा एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने, ओली पक्षले गरेका गुटगत निर्णय खारेज गर्नुपर्ने, पार्टी एकता जोगाउनुपर्ने, मुलुकलाई सम्मृद्ध बनाउन विचार मिल्ने राजनीतिक दल खासगरी कम्युनिस्ट पार्टीहरूसँग कार्यगत एकता गर्दै पार्टी एकताको दिशामा जानुपर्ने, प्रदेशहरूमा वामपन्थीहरुको सरकार कायम राख्नुपर्ने तर ओली गुटले पार्टी विभाजन गर्ने प्रयास गरे ओली नेतृत्वको सरकार ढाल्नु उचित हुने जनाएका छन् । त्यस्तै केपी गुटले कम्युनिस्ट आन्दोलन धराप पार्न लागेकाले त्यसलाई रोक्न पार्टीलाई तल्लो निकायसम्म पुर्याएर संगठित गर्नुपर्ने लगायतका सुझाव समेटिएका छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्