शेयर बजार उकालो लाग्नेक्रम जारी

Machchapuchchre

अर्थ राजनीति  ~शेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार पनि बजार उकालो लाग्ने क्रम जारी रहेको छ । बिहीबार पनि बजारमा दोहोरो अंकको सुधार जारी रहेको हो ।

कारोबार शुरु भएदेखि उतार चढाव हुँदै उकालो लागेको नेप्से सवा २ बजेसम्म ४३ अंक बढीले उकालो लागेर २४ सय ७५ मा पुगिसकेको छ ।

यस अवधिसम्म कारोबार भएका सबै समूह हरियो रहेका छन् ।

कारोबार भने थप खुम्चिएको छ । बीमा, उत्पादनमूलक, होटल तथा पर्यटन समूहमा उच्च सुधार आउँदा बैंकिङ, व्यापार र अन्य समूह पनि दोहोरो अंकले सुधारिएका छन् ।

बिहीबार यतिखेरसम्म नेपाल स्टक एक्सचेन्जमा २ सय ७ कम्पनीको ७५ लाख बढी कित्ता शेयर ३ अर्ब १२ करोड बराबरमा कारोबार भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्