सेयर बजार : आज चन्द्रागिरिको सेयर मूल्य हजार नाघ्यो

अर्थ राजनीति  ~  मंगलबारको सेयर बजारमा चन्द्रागिरि हिल्सको सेयर मूल्य हजार रुपैयाँ नाघेको छ । बजार खुलेको आधा घण्टामै यसको सेयर मूल्य बढेर प्रतिसेयर एक हजार ६९ रुपैयाँ भएको हो । चन्द्रागिरिको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यता आजैबाट सेयर कारोबार शुरु गरेको ग्रीन लाइन हाइड्रोपावरको सेयरमा पनि उछाल छ । यसको सेयर […]

महिला लघुवित्त वितिय संथा लिमिटेडको सेयर सूचीकृत

अर्थ राजनीति  ~  महिला लघुवित्त वितिय संथा लिमिटेडको  सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको सेयर खरिदबिक्रीका लागि पहिलो कारोबार मूल्य नेप्सेले प्रतिकित्ता ३१३ रुपैयाँदेखि ९३९ रुपैयाँसम्म तोकेको छ। सो सीमाभित्र जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ। कम्पनीको १० लाख कित्ता सेयर सूचीकृत भएको हो। सर्वसाधारणका लागि खुलेको आइपिओमा ३७ हजार ५०० जनाले १०–१० […]

सुनको मूल्य हिजो र आज स्थिर

अर्थ राजनीति  ~  नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । सोमबार र मंगलबार लगातार दुई दिन सुनको मूल्य स्थिर रहेको हो । आज ‍पनि छापावाला सुन प्रतितोला ८६ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि आज ८६ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासंघले […]

बैंक अफ काठमाण्डूमा तीन नयाँ सञ्चालक निर्वाचित

अर्थ राजनीति  ~  बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो विशेष साधारण सभा मंगलबार एक समारोहको बिच सम्पन्न भएको छ । उक्त विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकहरु गोबिन्द प्रसाद शर्माज्यू, मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध निर्वाचित हुनुभएको छ । बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ […]

उद्यमी बन्न चाहनेलाई नेपाल बंगलादेश बैंकले ४ प्रतिशत ब्याजमा कर्जा दिने

अर्थ राजनीत  ~  नेपाल बंगलादेश तथा मोरङको सुन्दरहरैंचा नगरपालिकाका बीच उक्त क्षेत्रका युवाहरुले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म ४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता भएको छ । कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटोलगायत अन्य सिफारिस नगरपालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख शिवप्रसाद […]

प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्ताव के हुदै छ ?

अर्थ राजनीति  ~  अब नेकपा एमालेभित्रको माधव नेपाल समूहले कस्तो भूमिका खेल्छ, त्यसले पनि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढल्ने–नढल्ने निर्धारण हुनेछ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । संसदबाट विश्वासको मत पाएमा ओलीविरुद्ध एक वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न पाइँदैन । यसकारण पनि माओवादी […]

पुनःस्थापित प्रतिनिधिसभाको तेस्रो बैठक आज बस्दै

अर्थ राजनीति ~  पुनःस्थापित प्रतिनिधिसभाको तेस्रो बैठक आज बस्दैछ । दिउँसो नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा पनि सरकारका तर्फबाट विभिन्न अध्यादेश पेश नहुने भएका छन् । बैठकको सूची तय गर्न हिजो बसेको कार्य व्यवस्था समितिको बैठक बिना निष्कर्ष सकिएपछि सरकारले पेश गर्ने विभिन्न अध्यादेश अन्योलमा परेका हुन् । कार्य व्यवस्था परामर्श समतितिको बैठकमा कानुन मन्त्री […]

चैत ९ र १० गते राजकीय भ्रमणमा बंगलादेश जाँदै राष्ट्रपति भण्डारी

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणमा जाने भएकी छन्। राष्ट्रपति चैत ९ र १० गते बंगलादेश भ्रमणमा निस्कन लागेकी हुन्। राष्ट्रपति भण्डारीले सोमबार विदेश यात्राको तयारी स्वरुप कोभिड–१९ विरुद्धको खोप लगाएकी हुन्। ‘यही महिनाको ९ र १० गते एक मित्र राष्ट्रको भ्रमणमा जानु पर्ने भएकाले मैले खोप लगाएँ,’ राष्ट्रपति भण्डारीले […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुँदै : मन्त्री कृष्णगोपाल श्रेष्ठ

अर्थ राजनीति  ~  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशक समितिको बैठकले उक्त कार्यक्रमका लागि प्राप्त आवेदनलाई छनोट गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार भएको बैठकले अत्यावश्यक र प्राथमिकताका आधारमा बजेट बाँडफाँट गर्न निर्देशन दिएको हो । सो कार्यक्रमका लागि आह्वान गरिएको नयाँ सूचनाअनुसार आवेदन दिने विद्यालयको […]

ओली र माधव नेपाल पक्षको आज छुट्टाछुट्टै कार्यक्रम

अर्थ राजनीति  ~  नेकपा एमाले भित्रको आन्तरिक विवाद साँघुरिएको साटो थप फराकिलो बन्दै गएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली पक्षले गत फागुन २८ गते आफू निकटका केही नेता भेला गरेर पार्टी विधान विपरित गरेका निर्णयहरु रद्ध गर्न नमानेपछि एमालेभित्रको विवाद थप फराकिलो बन्दै जाने संकेत देखिएको छ । विवाद समाधान गर्ने प्रयासस्वरुप सोमबार […]