गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति

अर्थ राजनीति  ~  राष्ट्रिय गौरवको आयोजना भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । यद्यपि कोरोना भाइरसको महामारीका कारण परीक्षण उडान पर धकेलिएको नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थल आयोजनाका अधिकारीहरुले जनाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत विमानस्थल आयोजना (आइसीबी टु) प्रमुख प्रविण न्यौपानेका अनुसार विमानस्थलमा उपकरण जडानको काम सकिएको छ । […]

नेपाललाई खोप उपलब्ध गराउन भन्दै बेलायतका सांसदद्वारा विदेशमन्त्रीलाई पत्र

अर्थ राजनीति  ~  नेपाललाई तत्काल खोप लगायत स्वास्थ्य सहायता उपलब्ध गराउन भन्दै बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् । नेपालमा कोरोना भाइरसको विस्तार विश्वकै उच्च गतिमा भइरहेको भन्दै उनीहरूले बेलायतका विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका हुन् । नेपालमा संक्रमितमध्ये भाइरसको इन्डियन भेरिएन्ट ९७ प्रतिशतमा देखिएको र द्रुतगतिमा फैलिँदै गरेको, स्वास्थ्य पूर्वाधार, अक्सिजनलगायतको […]

आज सुनको मूल्यमा सामान्य बृद्धि

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार एक २ रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ७ सय […]

प्रमाणपत्र धितो राखेर २५ लाख ऋण कार्यान्वयनमा जोड

अर्थ राजनीति  ~  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न रु ८० हजार […]

काँग्रेस युवा नेताको प्रस्ताव : वैकल्पिक विधिबाट महाधिवेशन गरौ

अर्थ राजनीति  ~  नेपाली कांग्रेस सात युवा नेताले पार्टीको १४ औं महाधिवेशन ‘वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् । कांग्रेस युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियार र बद्री पाण्डेले मंगलबार सभापति शेरबहादुर देउवालाई भेटेरै ‘१४औं महाधिवेशन वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ प्रस्ताव गरेका हुन् […]

प्रतिनिधिसभा विघटन : संवैधानिक इजलासमा आज दुई न्यायाधीशले राय दिने

अर्थ राजनीति  ~  प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइका लागि आज बुधवार संवैधानिक इजलास बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएपछि दुईदिन इजलास स्थगित गरिएको थियो । इजलासको शुरुमा आज न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले आफ्नो राय दिँदैछन् । उनीहरुले इजलासमा बस्ने या नबस्ने बारे राय दिने छन् । जेठ १८ मा कार्की र […]

सबै नागरिकलाई खोप उपलब्ध हुन्छ : मन्त्री तामाङ

अर्थ राजनीति  ~  नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुुुरक्षित रहन आग्रह गरेका छन् । चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरे । वाग्मती प्रदेशसभा सदस्य रमा आलेले आगामी दिनमा […]

प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा पुरै विस्वस्थ छौ : प्रचण्ड

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् । तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिले नांगो रुपमा संसद विघटन गरिएकाले पुनर्स्थापना हुने बताए ।‘अदालतले पनि अन्ततः हेर्ने भनेको संविधान नै हो ।’ प्रचण्डले भने, ‘ओलीले ५ पुसमा पनि […]

नेप्सेले फेरी बनायाे नयाँ रेकर्ड

अर्थ राजनीति  ~   आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर नयाँ रेकर्ड नै कायम भयो । सोमबार भने स्थिर देखिएको सेयर बजार मंगलबार भने पुनः नयाँ रेकर्ड कायम गराउन सफल भएको छ । मंगलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च […]

प्रदेश २ को संसद बैठक विपक्षी दलद्वारा अवरुद्ध

अर्थ राजनीति  ~  प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलले अवरुद्ध गरेका छन् । प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक मंगलबार विपक्षी दलले अवरुद्ध गरेका हुन्। विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जाने सशर्त अनुदान मनोमानी तरिकाले छनौट गरेको भन्दै बैठक अवरुद्व गरेका हुन् । बैठक प्रारम्भ हुनासाथ नेकपा एमालेका सांसद […]