सुनको मूल्य स्थिर, तोलाकाे कति ?

अर्थ राजनीति  ~ साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन आज ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य घटेको […]

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको प्रतिस्पर्धा हुने, झाक्रीको पल्ला भरि

अर्थ राजनीति  ~  नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने छिन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्ट निर्वाचित छन् । त्यसैले अबको चुनावमा झाक्री र विष्टबीच रोचक प्रतिस्पर्धा हुने देखिएको […]

नेपाल वायुसेवा निगमका कर्मचारीले रोकिएको पारिश्रमिक पाउने

अर्थ राजनीति  ~  नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् । विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो गरिएको उनको […]

परराष्ट्रमन्त्री डा.नारायण खड्का भेटवार्तामा व्यस्त

अर्थ राजनीति  ~  संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा.नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरे । सो अवसरमा उनीहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवर्द्धनबारे विचारविमर्श भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । भेटवार्ता व्यापार, लगानी, जलविद्युत् विकास, सीमापार ऊर्जा व्यापारलगायत आपसी […]

ताप्लेजुङका ७ पालिकामा कांग्रेसकाे नेतृत्व छानियाे, दुईमा बाँकी

अर्थ राजनीति ~  नेपाली कांग्रेसले ताप्लेजुङका ९ स्थानीय तहमध्ये ७ स्थानीय तहको पालिका अधिवेशनसँगै नेतृत्व चयन गरेको छ । शनिबारबाट सुरु भएको फुङ्लिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकाको अधिवेशनको प्रकृया सकिएको छैन भने नेतृत्व चयन हुनसमेत बाँकी छ । जिल्ला निर्वाचन अधिकृत तिलक पाण्डेले फुङ्लिङ र सिदिङवामा आइतबार नेतृत्व चयन हुन जानकारी दिए । नेतृत्व चयन […]

एमाले केन्द्रीय समिति बैठक : ओलीको जवाफपछि प्रतिवेदन पारित गर्ने तयारी

अर्थ राजनीति  ~  नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज बस्दै छ । आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिने छन् । त्यसपछि बैठकले प्रतिवेदन पारित गर्ने नेता योगेश भट्टराईले जानकारी दिए । राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल शनिबार सकिएको थियो । प्रतिवेदनमा […]

” कांग्रेसको १४औं महाधिवेशनको मिति सर्दैन, परे छलफल हुन्छ ” : प्रवक्ता शर्मा

अर्थ राजनीति   ~ सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने प्रष्टयाएको हो । बैठकले केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको पनि जानकारी गराएको छ । ‘जे […]

” प्रचण्ड पार्टीको लाइन छाडेर पलायन भए” : राम बहादुर थापा (बादल)

अर्थ राजनीति  ~  नेकपा एमालेका स्थायी समिति सदस्य राम बहादुर थापा बादलले पुष्पकमल दाहाल प्रचण्ड पार्टीको लाइन छाडेर पलायन भएको बताउनुभएको छ । प्रेस चौतारी चितवनको आयोजनामा भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा बोल्दै बादलले एकता भएको पार्टीबाट पलयान भएर नयाँ गुट स्थापना गरेको आरोप लगाउनुभयो । प्रचण्डले नेपालको बुर्जुवाहरुको पछाडी लागेर कम्फटेवल सरकार निर्माण गरेको र […]

दशैँ अघि नै बालबालिकालाई कोरोना विरुद्धको खोपः मन्त्री श्रेष्ठ

अर्थ राजनीति   ~  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिए । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताए । बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोना’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ  । उनले भने, “बालबालिकाका […]

आर्थिक वर्षको पहिलो महिना क्यूआर कोडमार्फत् ५ अर्बमाथिको कारोबार

अर्थ राजनीति  ~  श्रावण महिनामा क्यूआर कोडमार्फत ५ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको छ। हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात् श्रावण महिनाभरी क्यूआर कोडमार्फत भएको कारोबार संख्या १२ लाख ९३ हजार ३४९ रहेको पाइएको छ। कारोबार संख्या बढेसँगै कारोबार रकम बढ्नु स्वाभाविकै हो। यो महिनाभरीमा १२ लाख […]