” प्रचण्ड पार्टीको लाइन छाडेर पलायन भए” : राम बहादुर थापा (बादल)

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका स्थायी समिति सदस्य राम बहादुर थापा बादलले पुष्पकमल दाहाल प्रचण्ड पार्टीको लाइन छाडेर पलायन भएको बताउनुभएको छ । प्रेस चौतारी चितवनको आयोजनामा भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा बोल्दै बादलले एकता भएको पार्टीबाट पलयान भएर नयाँ गुट स्थापना गरेको आरोप लगाउनुभयो । प्रचण्डले नेपालको बुर्जुवाहरुको पछाडी लागेर कम्फटेवल सरकार निर्माण गरेको र यो प्रवृत्तिले देशको लोकतन्त्र, राष्ट्रिय एकता र समाजवादबाट समृद्धिको मार्गमा नयाँ चुनौति थपेको उहाँको भनाई थियो । लाइन भनेको राष्ट्रियता, समाजवाद, समृद्धि हो भन्दै अहिलेको गठवन्धनले राष्ट्रियताको प्रश्नमा नयाँ चुनौति थपेको बताउनुभयो । लिम्पियाधुरा, एमसीसी लगायतका विषयमा छिमेकी राष्ट्रको अहित हुने गरी नबोल्न गृहमन्त्रालयले सार्वजनिक गरेको पत्रले यो गठवन्धन किन र कसरी के का लागि बनेको भन्ने प्रष्टै रहेको बादलले बताउनुभयो । यो लोकतन्त्र विरोधी लाइन भएको भन्दै अर्थमन्त्रालयले आर्थिक स्रोत खुलाउन नपर्ने भन्ने पछिल्लो भनाईले देशमा कालोधन मौलाउने बाटो खुला गरिदिएको उहाँको भनाई थियो ।साथै वादलले १० वुँदे कार्यान्वयनको चरणमा रहेको बताउँदै आफू रहेको पार्टी नै ठूलो पार्टी भएको बताउनुभयो । अर्को प्रसंगमा बादलले सभामुख साझा व्यक्ति नभई कुनै एक पार्टीको कार्यकर्ता बनिदिँदा समस्या भएको बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्