सर्वोच्च : ” बहाल जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनैपर्छ “

अर्थ राजनीति  ~  स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने व्यवस्था कायमै रहने भएको छ ।निर्वाचन आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश मंगलबार खारेज भएको छ ।न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा […]

राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताउनुभएकाे हाे । घोषणापत्र मार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने उहाँले बताउनुभएकाे छ । यसअघि नै नेकपा एकीकृत समाजवादी, जसपा, […]

सर्वोच्चको आदेश अनुसार गभर्नर राष्ट्र बैंक फर्किए

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माको गैरकानुनी हस्तक्षेप अस्वीकार गर्दा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको छ । अर्थमन्त्रीले सहकार्य गर्न ‘अयोग्य’ ठानेका गभर्नर नै अदालतको आदेशसहित राष्ट्र बैंक फर्किएपछि अब अर्थमन्त्रीले  नैतिकताका आधारमा राजीनामा दिन विज्ञहरूले सुझाव दिएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा छानबिन भइरहेका र सर्वोच्चमा विचाराधीन […]

सडकमा विद्युतीय सवारी बढ्दै, आठ महिनामै भित्रियो एक हजार ३५७ सवारी साधन

अर्थ राजनीति  ~  नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी (इभी) साधन खरिद गरेको छ  । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता सवारी साधन भित्र्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ती सवारी साधन काठमाडौं उपत्यकामा प्रयोग गर्ने प्रयोजनका लागि आयात […]

फागुनसम्म वाणिज्य बैंकहरुले कमाए कुल ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा

अर्थ राजनीति  ~  चालु आर्थिक वर्षको फागुन महिनामा वाणिज्य बैंकहरुले कुल ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। औसतमा बैंकहरुले एक अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकले जनाएको छ। तीन वाणिज्य बैंकको खुद नाफा ३ अर्ब रुपैयाँ अधिक रहेको छ भने १० वाणिज्य बैंकले औसतभन्दा धेरै नाफा कमाएका छन्। […]

नेपालको अर्थव्यवस्था श्रीलंकाकाे जस्तो हुन नदिने अर्थमन्त्रीकाे दावी

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थव्यवस्था श्रीलंका जस्तो हुन नदिने गरी सुधारको काम गरिरहेको दावी गर्नुभएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) को प्रतिनिधिमण्डलसँगको भेटमा आज (साेमबार) उहाँले आगामी बजेट मार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गर्ने र नजिता देखिने गरी सुधार गर्ने बताउनुभएकाे हाे । सो अवसरमा सिएनआईका प्रतिनिधिहरुले नेपालको वर्तमान आर्थिक अवस्थाका […]

निलम्बित गभर्नर अधिकारीको रिट दर्ता

अर्थ राजनीति  ~  निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिटको पेशी मंगलबार (भोलि)लाई तोकिएको छ । सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै अधिकारी सर्वोच्च गएका हुन् । सरकारले विभिन्न अभियोग लगाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि अधिकारी गभर्नर पदबाट निलम्बनमा छन् । […]

निर्वाचनमा पार्टीको तयारीबारे प्रचण्डले आज धारणा सार्वजनिक गर्ने

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पत्रकार सम्मेलन गर्दैछन् । पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले स्थानीय निर्वाचनमा पार्टी तयारीलगायत विषयमा प्रचण्डले धारणा सार्वजनिक गर्ने बताए । पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने तय छ । उम्मेदवारी दर्ता गर्ने दिन ६ दिन छँदा प्रचण्डले पत्रकार सम्मेलन […]

महेश बस्नेत : ” नेताजी तपाईहरुले दिउँसो हैन, रातमा मात्र हिड्ने अवस्था बन्दैछ “

अर्थ राजनीति  ~  नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधवकुमार नेपालले दिउँसो हिड्ने दिनको अन्त्य तथा रातमा मात्र हिड्ने अवस्था सिर्जना हुँदै गएको दावी गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल सुनवल नगर कमिटी, नवलपरासीको बृहत् युवा भेला तथा […]

” देशैभरका साथीहरू तालमेलको पक्षमा हुनुहुन्न ” : महामन्त्री थापा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कार्यकर्ताहरू चुनावी तालमेलको पक्षमा नदेखिएको बताएका छन्। पछिल्लो समय करिब ५० जिल्लाका पार्टी नेता/कार्यकर्तासँग कुराकानी हुँदा तालमेलको पक्षमा नदेखिएको उनले बताए। काठमाडौं क्षेत्र नम्बर ४ मा आज आयोजित पार्टी कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीको तल्लो तह र माथिल्लो तहबीच चुनावी तालमेलबारे कुरा नमिलेको बताए। ‘पछिल्लो समय […]