राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताउनुभएकाे हाे । घोषणापत्र मार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने उहाँले बताउनुभएकाे छ । यसअघि नै नेकपा एकीकृत समाजवादी, जसपा, राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तर ठूला पार्टीहरु एमाले, काँग्रेस र माओवादी केन्द्रले भने घोषणापत्र सार्वजनिक गरेका छैनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्