तेस्रो त्रैमासिकका अधिकांश सूचकहरूमा एनआईसी एसियाको छलाङ

अर्थ राजनीति  ~  आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्म आइपुग्दा विभिन्न सूचकांकमा एनआई्सी एसिया बैक शीर्ष पोजिसनमा रहन सफल भएको छ ।  बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थानमा रहेको यस बैंक चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रयमासमा कर्जा विस्तार, निक्षेप सङ्कलन, प्रति शेयर आम्दानी, स्व–पुँजीमा प्रतिफल, ग्राहक सङ्ख्या, शाखा सङ्ख्या, विस्तारित […]

सुर्खेतमा एमाले र कांग्रेस समर्थकबीच झडप, ६ जना घाइते

अर्थ राजनीति  ~  सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका समर्थकबीच झडप हुँदा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा दुई पक्षबीच झडप भएको हो। मंगलबार राति साढे ११ बजेतिर सामान्य विवाद भएको थियो। त्यसपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले […]

इन्डियन एयरफोर्सको जहाज गौतमबुद्ध विमानस्थलमा

अर्थ राजनीति  ~  भारतीय सेनाको जहाज बुधबार भैरहवा विमानस्थलमा अवतरण गरेको छ । सो जहाज बुधबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । काठमाडौं विमानस्थल स्रोतका अनुसार यो जहाज धावनमार्गमा अवतरण गरेसँगै काठमाडौंमा रोकिएन, लगत्तै टेकअफ लिएको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो । यो जहाज नेपाल आउनुको प्रयोजन भने […]

इन्जिनमा समस्या देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

अर्थ राजनीति  ~  धनगढीको लागि  उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ । बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि इन्जिन सटडाउन गरेर काठमाडौंमा आकस्मिक अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले  बताएका छन् । २५ माइलमा पुगेपछि उडान नम्बर–२२३ विमानको इन्जिनमा समस्या देखिएको थियो । ८७ जना यात्रु बोकेको जहाज […]

कोरोनाको तेस्रो लहर र ओटीटीको बढ्दो प्रयोगले घट्यो टेलिकमको नाफा

अर्थ राजनीति  ~  चालू आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा नाफा घटेको कम्पनीले जानकारी दिएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार […]

स्थानीय निर्वाचन : गाडी पठाएर मतदाता ओसार्दै दल र नेताहरू

अर्थ राजनीति  ~ स्थानीय निर्वाचनले गर्दा काठमाडौं उपत्यका छाड्ने यात्रुहरूको चाप बढेको छ। मुलुकभरिबाट विभिन्न सिलसिलामा काठमाडौं आएकाहरू मतदान निम्ति आ-आफ्नो गाउँसहर फर्किने क्रम बढेसँगै उपत्यकाका बसपार्कमा चहलपहल बाक्लिन थालेको छ। उपत्यकाको कोटेश्वर, कलंकी, बसपार्क लगायत स्थानमा आइतबारबाट लामो दुरीका सवारी चाप अत्यधिक छ। ट्राफिक प्रहरीका अनुसार बिहान र साँझ काठमाडौंबाट बाहिरिने सवारी संख्या बढेको […]

श्रीलंकामा प्रधानमन्त्रीको राजीनामापछि सडक प्रदर्शन झन् चर्किंदै

अर्थ राजनीति  ~  आर्थिक संकटले ग्रस्त श्रीलंकामा प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका छन् । तर प्रधानमन्त्रीको राजीनामापछि पनि सडक प्रदर्शन झन् चर्किएको छ । सर्वसाधारणले प्रधानमन्त्री राजपाक्षेको निवासमा आगो लगाईदिएका छन् । सरकारका अन्य मन्त्रीहरुका निवासमा पनि आगजनी गरेका छन् । प्रधानमन्त्री निवासमा भीड ओइरिएपछि राजपाक्षे निवास भित्रबाट प्रदर्शनकारीमाथि गोली प्रहार गरिएको छ । घटनामा […]

मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयोगको आग्रह

अर्थ राजनीति  ~  निर्वाचन आयोगले ३० वैशाख अर्थात् स्थानीय तहको निर्वाचनको मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई आग्रह गरेको छ । सरकारले भने सार्वजनिक बिदाको निर्णय गरिसकेको छ । स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न भन्दै आयोगले उक्त दिन निजी क्षेत्र, विभिन्न संघसंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी लगायतलाई बिदा […]

राष्ट्र बैंकले अब निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र दिने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सेवा निवृत्त कर्मचारीहरुको निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र गर्ने भएको छ । सोसम्बन्धी कार्यविधि, २०७९ बमोजिम बैंकहरुबाट मात्र भुक्तानी गरिने हुँदा बैंकले सम्बन्धित कर्मचारीहरुलाई एक महिना भित्र खाता खोलिसक्न र सोको विवरण राष्ट्र बैंकको सम्बन्धित शाखामा बुझाउन आग्रह गरेको हो । सोमबार एक सूचना जारी गर्दै बैंकले नेपाल राष्ट्र […]

नबिल बैंकद्वारा ” श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति ” हस्तान्तरण

अर्थ राजनीति  ~  नबिल बैंकका पूर्व अध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि “श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति”सुरु गरेको छ । स्व. पौड्यालले बैंकमा लामो समय देखि संचालक समितिमा योगदान गर्दै आएका थिए । स्व. पौड्याल कर्मचारीहरुको हित र बिकासका निम्ती लागि पर्दथे । यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक बर्ष नबिल बैंकका […]