इन्जिनमा समस्या देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

Machchapuchchre

अर्थ राजनीति  ~  धनगढीको लागि  उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ । बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि इन्जिन सटडाउन गरेर काठमाडौंमा आकस्मिक अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले  बताएका छन् । २५ माइलमा पुगेपछि उडान नम्बर–२२३ विमानको इन्जिनमा समस्या देखिएको थियो । ८७ जना यात्रु बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरिएको छ । अहिले जहाजको प्राविधिक परीक्षण भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्